Author: Dipak Dhamala

काठमाडौं- एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।  अनलाइनबाट सामान किनेर डेबिड कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार पैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ।  बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्ड वाहक ग्राहकलाई छुट्टै उत्साह थपिने विश्वास लिएको छ।  बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल…

Read More

काठमाडौं-सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्। यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य छानबिन गर लगायत भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए।

Read More

काठमाडौं-  जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका हुन् ।  गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलव्ध गराउने…

Read More

काठमाडौं- आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी  र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Read More

काठमाडौं- निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ ।  चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।  आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १२ पैसा र बिक्री दर १२८ रुपैयाँ ७२ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री…

Read More

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् । उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए । उनले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गरे । अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे ।  अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र…

Read More

काठमाडौं- रुपन्देहीमा नेकपा एमालेभित्र चर्को विवाद देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिसको क्रममा एमालेभित्र विवाद बढेको हो । रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, ३ र ४ मा एमालेमा उम्मेदवारका आकांक्षी धेरै भएपछि गुटगत आधारमा विवाद बढ्न थालेको हो । क्षेत्र नम्बर १ मा नेता छविलाल विश्वकर्मालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरे पनि अर्का नेता टीकाराम चापागाईँले दाबी नछोडेपछि उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । क्षेत्र नं. १ मा नेता घनश्याम भुसाललाई उम्मेदवार बनाउन केही नेता–कार्यकर्ताले दबाब दिए पनि जिल्ला नेतृत्वले त्यसलाई रोक्ने कोसिस गरेको बुझिएको छ । क्षेत्र नं. ३ मा पनि नेता भुसाललाई…

Read More

काठमाडौं- साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो ।  नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए । ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा सुवासले गोल…

Read More

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। १ ग्राम ४ सय मिलीग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २६ वर्षीय हरिश कार्की पक्राउ परेका हुन्। उनलाई शुक्रबार बिहान पक्राउ गरि थुनामा राखेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्कीमाथि थप अनुसन्धान भइरहेको छ।

Read More