धनगढी: कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–४ की २८ वर्षीया मनीका कठरीयाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–७ खैरेनीस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
Facebook Comments Box