Author: Dipak Dhamala

काठमाण्डाै – इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो । १७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले सुरक्षाकर्मीले भिडमाथि गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् । इरानीले इन्टरनेटको पहुँचमा प्रतिबन्ध…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ। आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको काममा बाधा उत्पन्न हुने उल्लेख छ। यसले समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्न सक्ने पनि आयोगले जनाएको छ।

Read More

काठमाडौं- टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।  उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।  अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । #महानगर

Read More

काठमाडौं- आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए । प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले…

Read More

काठमाडौं- विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो।  आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका अनुसार आठ…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ०२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र…

Read More

धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी ५ तारानगर बस्ने ३६ वर्षीया पुनम अवस्थीको कैलाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बुधबार दिउँसो घरमै विषादी सेवन गरेर बेहोस अवस्थामा भेटिएकी अवस्थीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा श्रीमान्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्। वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाण्डौ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक हजारभन्दा धेरैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् । एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् । टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक…

Read More