सङ्खुवासभा- सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का…
Author: Saru Shrestha
महेन्द्रनगर- दोदा नदीको बाढीबाट पीडित लालझाडी गाउँपालिकाका स्थानीयवासीको बास विगत डेढ दशक जङ्गलमा छ । मुलुकमा व्यवस्था परिर्वतन भएर दुई पटक स्थानीय सरकारको अनुभूति पाइसकेका बाढी पीडितको पुनःस्थापना र दोदा नदी नियन्त्रणको दीर्घकालीन योजना बन्न सकेको छैन । केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले लालझाडीमा बाढीपीडित २०६५ सालयता जङ्गलमै बास बस्नु परिरहेको जानकारीसमेत गराए । राना थारु बाहुल्यता रहेको लालझाडी गाउँपालिका भौगोलिकरुपले जिल्लाकै विकट पालिकामा पर्छ । दोदा नदीले यहाँ हरेक वर्ष नदी कटान तथा डुबान गरिरहेको भए पनि सोको समाधान अझै हुन सकेको छैन । लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बाढी…
नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उहाँहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौँस्थित कन्ट्री म्यानेजर विनोेद अब्रहम र एयरपोट म्यानेजर नर नारायण…
काठमाडौं – विनिता पुनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय शतकको सहयोगमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले भारतीय टोलीमाथि शानदार जित हात पारेको छ । दोस्रो नेपाल-भारत टी-ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखलाअन्तर्गत मंगलबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीले भारतीय टोलीलाई ८ विकेटले हराएको हाे । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतका ५ खेलाडी रन आउट भएका थिए भने विनित पुन र निशा चौधरीले समान एक/एक विकेट लिएका थिए।जवाफी व्याटिङ्गमा नेपालले २ विकेटको खर्चमा लक्ष्य पार गरेको थियो । नेपालको लागि प्लेयर अफ द…
काठमाडौँ – सरकारले विकास आयोजनाले गर्नुपर्ने पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रावधानलाई खुकुलो बनाउने तयारी गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकले विद्यमान वातावरण संरक्षण ऐन तथा नियमावलीमा संशोधन गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । अहिले स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का आधारमा आयोजना निर्माण गर्ने क्रममा रुख कटानको साविकमा भएको स्वीकृत संख्यामा घटी/बढी रहेकोमा घटी हुँदा पनि पूरक ईआईए गर्नुपर्ने व्यवस्था छ । यसले आयोजनाको काममा ढिलाइ हुने गरेको भन्दै अब रुख कम काट्नु पर्ने अवस्थामा पूरक ईआईए आवश्यक नपर्ने गरी कानुनी प्रावधान बनाइने भएको छ । यसका लागि समितिले वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी…
काठमाडौं – सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनले देखाएको छ । उक्त प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा सङ्क्रमण देखिनु औलो निवारणका मुख्य चुनौती भएको एनटिडी तथा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल बताउँछन । “उच्च पहाडी तथा हिमाली जिल्लामा औलोको बिरामी भेटिन्छन तर त्यहाँ खोज पड्ताल तथा विषादी प्रयोगमा कठिनाई छ”, उनि भन्छन । नेपालको औलो रणनीतिक योजना (सन् २०१४–२५) अनुसार सन्…
काठमाडौं – प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् । सहमतिअनुसार एमालेले तीनवटा समितिको सभापति लिने भएको छ । कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ ।
बारा – बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् । करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् । यादवले लिँदै आएको अग्रता तोडेर कुश्वाहाले १०८ मतले अघि छन् । कुश्वाहाले ८९५ मत ल्याएर अग्रता लिँदा यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन् । बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८…
काठमाडौँ – सिंहदरवारमा शीर्ष नेताहरूको बैठक सुरु भएको छ । संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेता केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् । त्यस्तै काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी छन् ।