Author: Saru Shrestha

यांगुन – म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ।  सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।   विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ। गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ। सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन्। आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ। …

Read More

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Read More

काठमाडौं – प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भएको छ ।  विभिन्न राजनीतिक दलका नेताहरुले संविधान विपरित कार्य गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना गरेका हुन् । प्रतिनिधि सभाले पठाएको विधेयक राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाले प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा नागरिकता विधेयक पठाएको मंगलबार राती १२ बजे १५ दिन पुगेको छ र विधेयक निस्क्रिय बनेको छ । राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेपछि अहिले उनको आलोचना भएको हो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदमले प्रणालीमा नै खतरा पुगेको प्रतिक्रिया जनाका छन् । उनले सामाजिक सञ्जाल…

Read More

बारा – बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।  करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए ।  नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०/१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए ।  तर…

Read More

काठमाडौं – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ । प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर विधेयक पठाएको मंगलबार १५ औं दिन हो ।

Read More

चितवन – लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनकारी दिएको छ । सोमबार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा ६० रुपैया, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको…

Read More

काठमाडौं – मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् । बैठकमा सहभागी एक नेताले भोलिसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे । ‘छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने । १ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको…

Read More

पोखरा – पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरु नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो । उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको…

Read More

वीरगञ्ज – नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छन्। पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताइन् । संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरिन् । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । आज ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए । स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । कोभिड–१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड–१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उनले भने । उनले कोरोना भाइरस र डेङ्गुको उपचारका…

Read More