काठमाडौँ – बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षालाई ध्यानमा योजना अनुरूप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढी भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा एकै पटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक रेग्मीले बताए । रेग्मीका अनुसार मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना…
Author: Saru Shrestha
काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन ।
काठमाडौं – रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर गरेको स्वीकारेका छन् । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको…
पोखरा – कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् । उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं – सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा। दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ…
काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतबार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र दिएका हुन् । अध्यक्ष तिमिल्सिनाले सभामुख र उपसभामुखको कार्यकालबारे प्रस्ट पार्न निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आगामी मंसिर ४ गते हुने चुनावका लागि समानुपातिकतर्फको मनोनयन दर्तासँगै सभामुख र उपसभामुखको सांसद पदसमेत रिक्त भएको अध्यक्षले जिकिर गरेका छन् । उनले महासचिवलाई पठाएको पत्रमा ‘२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन…
काठमाडौँ – सरकारले विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दीपेश विष्टलाई नियुक्त गरेको छ । सरकारले गरेको विज्ञापनमा उक्त पदका लागि तीन जनाले आवेदन दिएका थिए । तीमध्ये प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञ सल्लाहकार समेत रहेका विष्ट छनोटमा परेका हुन् । आयोगको सीईओका लागि सम्बन्धित क्षेत्रमा १२ वर्षको अनुभव आवश्यक पर्ने तोकिएको थियो । विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश-२०७९ अनुसार आयोगको अध्यक्षमा प्रधानमन्त्री हुने व्यवस्था छ । मुख्य सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्री आयोगको सहअध्यक्ष रहनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि सचिव सदस्य रहने छ । आयोगले सरकारी निकायमा…
काठमाडौं – नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्ने विभिन्न महानुभाव तथा सो स्कुलमा दश बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक, शिक्षिकाहरुलाई कदर पत्र समेत प्रदान गरे । कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्दै…
चितवन - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उनले भने, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य हुनु पाउनु आफैंमा सम्मानको विषय हो…
काठमाडौँ – बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्गलादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।