Author: Saru Shrestha

काठमाडौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी) का उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली निवास वालकोटमा करिब ३ घण्टा लामो भेटवार्ता भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवासँग विवाद बढेपछि सो पार्टी छाडेर कांग्रेस बीपीतिर लागेका मल्ल ओली भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटपछि मल्लले चुनावी विषयमा ओलीसँग विशेष कुराकानी भएको बताए ।

Read More

सुर्खेत । ठूला चाड पर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा धेरै प्रहरी खटाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाइएको जनाएको हो । यसैबीच, चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरूमा तालिम प्राप्त जनशक्ति सहित जाँचको व्यवस्था गरिने छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ । त्यसैगरी, ट्राफिक सहितको संयुक्त रूपमा ५३…

Read More

काठमाडौँ – काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने जानकारी गराएका हुन्। ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईँलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर 9860340587 मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं.एसएमएस गर्नुहुन अनुरोध छ, थापाले फेसबुकमा लेखेका छन्।

Read More

काठमाडौं – ​नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ । ​कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हाँसिल गर्न प्रेरणा मिल्ने आशा व्यक्त गरे । राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि औपचारिक रूपमा शुरु हुने भएतापनि हालै सम्पन्न भएको पुरूष क्रिकेटमा नेपाल प्रहरीको क्रिकेट टिमले स्वर्ण पदक जितेर उत्कृष्ट सुरूवात गरिसकेको उनले बताए । ​प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा हुने खेलहरूमा नेपाल प्रहरीमा आबद्ध…

Read More

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् । शुक्रवार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने सङ्कीर्ण सोच नराख्न आग्रह गरेकी हुन् । उनले बोनसको विषयमा फरक रूपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरूलाई तलब खुवाइएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन् । उनले सरकारले अझै ७ लाख जनतालाई विद्युत् पुर्‍याउने अवस्था रहेको बताइन् । उनले प्राधिकरणका स्थायी र अस्थायी…

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारूढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनुपरेको जिकिर गरे । उनले अनेक प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताए ।

Read More

काठमाडौँ – मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको प्रदर्शनकारीहरूको आरोप छ । उनीहरूले ‘राष्ट्रपति राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर, संविधान उल्लङ्घन गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । जसपा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा भएको…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो । ‘यस्तो बन्नुपर्छ काँग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत काँग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका एक नेताले जानकारी दिए । ती नेताका अनुसार ह्वाट्स एप, भाइवर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ । काँग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले सङ्ग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।

Read More

काठमाडौँ – बृहत् नागरिक आन्दोलनले आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको बताइएको छ । विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा.केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौँ ल्याइएको छ । तर डा.केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ । ‘बृहत् नागरिक आन्दोलनको प्रस्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

Read More