Author: Saru Shrestha

काठमाडौँ – सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिन सैद्धान्तिक सहमति गरेको छ। मन्त्रिपरिषद् बैठकले गत भदौ २७ गते कानुनसँग अन्तरविरोध देखिएका मुद्दामा कानुनी व्यवस्था वा संशोधनमार्फत मुद्दा खारेजी गर्ने, टीकापुर घटनाका आरोपी तथा दोषीहरुबिरुद्ध कानुन संशोधनमार्फत मुद्दा खारेजीको निर्णय तथा राजनीतिक निर्णयमार्फत अर्धन्यायिक प्रकृतिका प्रशासनिक मुद्दाहरूलाई छिटो फर्स्यौट गर्ने निर्णय गरेको हो। थारु कल्याणकारी सभाले रेशम चौधरीको मुद्दामा अन्याय भएको भनी केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा बादल गृहमन्त्री भएको बेला गरेका ६ बुँदे सहमतिलाई पनि शेरबहादुर देउवा सरकारले आदर गर्ने निर्णय गरेको छ। सरकारले यसका लागि थारु नेताहरू रुक्मिणी चौधरी, डिल्ली चौधरी लगायतसँग वार्ता गरेको थियो। थारु नेताहरुले सरकारका…

Read More

काठमाडौं स् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहल शिलान्यास गरेका छन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिवार काठमाडौं १५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन्। साढे ४ करोड लागतमा बन्ने कभर्डहलमा राष्ट्रियरअन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए। बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ। कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम संचालन गर्न सकिनेछ। स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगी सिद्ध हुने मन्त्री श्रेष्ठले बताए।…

Read More

काठमाडौँ – अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो ।  महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षी दल एमालेबिच मतभेद भएको छ। महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ। गठबन्धनका सांसदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानबिन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ। चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए। ‘हामीले एउटै प्रतिवेदन दिऊ भन्यौँ तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ। समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने। समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ। त्यसैले उनीहरूकै प्रतिवेदन…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा २०७९ असोज १ गते शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सिर्जना थापालाई सम्मानपत्र प्रदान तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य श्रीमती जुनु श्रेष्ठ र श्रीमती कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गरेका थिए । प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज…

Read More

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गाईघाटमा बुझाएको छ । चालु आर्थिक वर्ष सुरू भएपछि १ साउनदेखि ३१ भदौसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक ९डिएसपी० राकेशकुमार पोदारले जानकारी दिए ।

Read More

काठमाडौं – प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । योसँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएको छ ।

Read More

काठमाडौँ – न्याय परिषद्को सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ। सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद् सचिवालयले जानकारी दिएको छ। यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको छ। यो विवरण २०७८ साल सम्मको हो। यस्तै उनकी श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं महानगरपालिका-५ भाटभटेनीको १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा छ। यो जग्गा २०७७ असार १७ गते आठ करोड २६ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ। यसमा उनले…

Read More

खोटाङ – हस्तक्षेप गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् । वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले शुक्रबार नगरपालिका पुगेर चाबी बुझाएका हुन् । मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको अनुपस्थितिमा वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई चाबी बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले ‘राजनैतिक विषय’ भन्दै चाबी लिन अस्वीकार गर्दा वडाध्यक्ष चौहानसँग केहीबेर भतभेद चलेको थियो । पत्रकार सहित नगरपालिका पुगेका चौहानलाई पौडेलले चाबी बुझाएको विषयलाई मिडियावाजी नगर्न…

Read More

काठमाडौं – नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरिन् । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

Read More