Author: Saru Shrestha

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे। अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाएका हुन्। ‘हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन,’ उनले भने। अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रूपमा रहेको उल्लेख गरे। उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे। ‘देश बनाउनुपर्ने कुरा छ। सोझो रेखामा राजनीति जाँदैन। मैले अनेक उतारचढाव देखेको छु। उतारचढाव फेरि पनि आउँछन्।’ उनले भने। अध्यक्ष…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मङ्गलवार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो । उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । पुनको पहिला पटक थाइल्याण्ड उपचार भएको थियो । त्यसपछि उनलाई चीनमा लगेर उपचार गरिएको थियो ।

Read More

महोत्तरी – १७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।   प्रहरीले यादवले चलाउँदै आएको ज६प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो ।  प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए। पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा…

Read More

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ । त्यस्तै कांग्रेस नेतासमेत रहेका खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए । त्यस्तै पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्ने विषयमा पनि क्वात्रासँग छलफल गरेका छन् । थप हवाइ रुट दिन पहल…

Read More

काठमाडौँ – गोङ्गबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रूप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डिएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन् । मोबाइल पसलमा…

Read More

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ । परराष्ट्र सचिवको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्राले बालकोटमा एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । तीनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरूसँग भेट गरिसकेका छन् ।

Read More

काठमाडौँ – वीरगञ्जमा भारतीय नागरिकलाई दिउँसै हतियार देखाई अपहरण गरी लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । माघ २६ गते भारत बिहार घर भएका विशाल कुमार पटवालाई वीरगञ्ज महानगरपालिका-६ रेल्वेरोडबाट हतियार देखाएर अपहरण गरी उनको साथमा रहेको नगद लुटपाट गरेको अपरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, ४२ वर्षीय मोजालिम मिया र ४० वर्षीय रोशन थापा, वडा नम्बर २४ रामगढवाका ३४ वर्षीय विजय महतो, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीका ३० वर्षीय नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा…

Read More

काठमाडौँ – बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ । गण नम्बर(१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । अहिले माछा पोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले जानकारी दिए । यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको…

Read More

सुर्खेत – जाजरकोट भेरी नगरकमिटीका सभापति तथा भेरी नगरपालिका ६ का वडाध्यक्ष शशि बुढालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बुढाको २७ वर्षीया श्रीमती भावना बुढा घर्तीले आत्महत्या गरेपछि बुढालाई पक्राउ गरिएको हो । मृतकका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्वाई बुढा पक्राउ परेका हुन् । आत्महत्या दुस्सान सम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ । घटनालाई मिलाउनका लागि नेपाली कांग्रेसको जिल्ला स्तरिय टिम लागेको छ भने नेकपा एमालेको टिमले कुनै हालतमा पनि अन्यय नसहने भन्दै कारबाहीको माग गर्दै पीडितको पक्षमा लागेको छ । वडाध्यक्ष बुढाकी मृतक कान्छी श्रीमती हुन् । वडाध्यक्ष बुढालाई प्रहरीले पक्राउ गरेपछिमात्र आज शव पोष्टमार्टमका…

Read More

धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ वनगाउँबाट सोही स्थान बस्ने २५ वर्षीय यमबहादुर घर्तीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले ६ सय ६० ग्राम लागूऔषधसहित घर्तीलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More