काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बिदाइ गरेका छन् । मन्त्रालयमा मङ्गलवार गरिएको बिदाइ कार्यक्रममा सचिवलगायतका कर्मचारीले लिङ्देन र सिंहलाई ढाका टोपीलगायतले सम्मान गर्दै बिदाइ गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री लिङ्देन र पूर्व राज्यमन्त्री सिंहले झण्डै २ महिनाको अवधिमा कर्मचारीले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले भने, ‘केही गर्नुपर्छ भनेर हामी मन्त्रालयमा आएका थियौ, जतिदिन मन्त्रालयमा बसियो त्यतिदिन सबै कर्मचारीसँग पारिवारिक सम्बन्धको रूपमा काम गर्न पाउँदा खुसी लागेको छ । मन्त्रालयका सचिव तथा कर्मचारीबाट काम गर्ने सन्दर्भमा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु । मन्त्रालयबाट…
Author: Saru Shrestha
महेन्द्रनगर – कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रु सात करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालु आर्थिक वर्षको हालसम्म रु ८० करोडको सामान आयात भएको जानकारी दिए। ‘गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो’, उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’ भन्सार कार्यालयका…
काठमाडौं – बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो । फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सुचनामा जनाईएको छ । उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ
हेटौडा – बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहात दिन भएको छ । आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सो निर्ण गरेको हो । उनका अनुसार जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी छिन्। मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि हुने बताएकी हुन्। नयाँ गठबन्धन बनेको र को-को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन्। त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने जानकारी उनले गराइन्। राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नु परेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन्।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।
लमजुङ – लमजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँगी कामीको टहरासँगै जलेर मृत्यु भएको छ । सोमबार राति टहरामा आगलागी भएपछि सुतिरहेका उनको जलेरै मृत्यु भएको देखिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार हाँकी कामी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गर्थिन् । उनलाई रेखदेख गरिरहने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आएकी थिइन् । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् । छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत…
सप्तरी- कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । ९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । पञ्चायतकालमा पञ्चायतविरूद्धमा सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पु¥याउने काम पत्रकारले नै गर्दै आएको बताए ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउनेलाई जरिवाना गरेको छ। सिसडोल ल्याण्डफिल साइटमा हानिकारक चिकित्साजन्य फोहोर पुर्याउनेलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गरेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको हो। अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थितमा व्यवस्थापन भइरहेको छ। महानगरले उत्पादित हानिकारक फोहोरलाई आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदलेपछि मात्र लैजाने प्रक्रियाबाट लग्न सक्ने बताएको छ।
काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन्र मेडल परेडका साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको छ। सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ। मिसन थप गरी बढीभन्दा बढी तल्लो तहका कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालले जोड दिने भएका छन्। सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलोपटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द…