बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ भएको छ । आइतबार गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षतामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन निड, सामुदायिक आत्म निर्भर केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले पालिकाको विपद जोखीम न्युनिकरण तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ ।
परियोजनाको सुभारम्भ बैठ्कमा पालिाकामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू र जोखिम न्यूनिकरणका बारे छलफल भएको थियो। छलफलमा पालिकाका प्रमुख जोखीमहरु पहिरो, बाढी तथा चट्याङलाई न्युनिकरण गर्न सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने सरोकारवालाहरुको धारणा रहेको थियो ।
साथै, पालिको पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले गर्ने वडाध्यक्षहरुले अपेक्षा व्यक्त गरेका थिए । परियोजनाको सुभारम्भ बैठ्कमा पालिकामा अध्यक्ष बोहराले केदारस्युँ गाउँपालिका विपदको प्रमुख जोखिममा रहेको भन्दै प्रतिबद्ध तीन परियोजनाले विपद न्युनिकरणमा काम सुरु गर्नु खुशीको कुरा भएको बताए । उनले २०७८ सालका पहिरो पिडितले अहिलेसम्म पनि पुर्ननिर्माणको लागी आर्थिक सहयोग पाउन नसकेको भन्दै दुखेसो व्यक्त गरे साथै उक्त कार्यमा प्रतिबद्ध तीन परियोजनाले सहयोग गर्ने धारणा व्यक्त गरे ।
झण्डै २ बर्ष कार्यअवधी रहेको प्रतिबद्ध तीन परियोजनाले विपद् जोखीम न्युनिकरण, पुर्वतयारी तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । साथै पहिरो जोखिम नक्सांकन, जोखीम बस्तीहरुको पहिचान तथा वर्गीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनामा काम गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए ।
यस्तै पिनका कार्यक्रम प्रबन्धक शालिकराम घिमिरेले प्रतिबद्ध तीन परियोजनाको लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले प्रस्तुतिकरणमा प्रतिबद्ध १ र २ मा हासिल गरेका उपलब्धी र प्रतिबद्ध ३ को नतिजाहरु प्रस्तुत गरेका थिए । साथै उनले पालिकाको जोखीम न्युनिकरणमा सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए ।