काठमाडौं: नेपाल प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डिआईजी)मा पदोन्नति भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई आज दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. सञ्जिता दाहाललाई दर्ज्यानी चिन्ह लगाइएको हो। गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट उनीहरु एसएसपीबाट डिआईजीमा बढुवा भएका हुन्।
समारोहमा आईजीपी कुँवरले बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको योगदानको प्रशंसा पनि गरे।
Facebook Comments Box