धनगढी: कैलालीको धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। धनगढी– १४ एच गाउँस्थित साइनोचोक नजिकै नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो।
रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नवजात शिशुलाई प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ।
Facebook Comments Box