काठमाडौँ: गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन चलचित्र युनिट भोलि बुधबार (जेठ १४ गते) धनगढी आउने भएको छ।
चलचित्रको टोली भोलि धनगढी हुँदै नेपालगन्ज जाने कार्यक्रम रहेको छ। धनगढीस्थित एसटीएस सिनेमाजमा टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

महानायक राजेश हमालको नेतृत्वमा रहेको टोलीमा अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवँर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा पनि सहभागी हुने मिडिया सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए।
सिनेमाघरमा उपस्थित भई दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिनुका साथै पत्रकारहरूसँग पनि अन्तरक्रिया गर्नेछ।
Facebook Comments Box