धनगढी: कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेका चाँदीका गरगहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१० काे सिमलघाट क्षेत्रमा शंकाका आधारमा चेकजाँच गर्दा भारतबाट ल्याइरहेकाे ६ लाख ३४ हजार बराबरकाे चाँदीका गरगहना बरामद गरेकाे हाे।
जिल्ला प्रहरी कार्यालयकाअनुसार तीन किलो ३७० ग्राम तौल भएको अवैध चाँदीका गरगहना बरामद गरिएको छ।
पक्राउ पर्नेमा भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरीलाल राना रहेका छन्।
पक्राउ परेका राना र बरामद गरगहना सम्बन्धित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box