धनगढी: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ।
जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीकाे मृत्यु भएकाे जानकारी दिए।
उनकाअनुसार तीनै जनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन्।
घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन्। टेलिकमकाे जिप टावर मर्मतका लागि अत्तरियाबाट बाजुरा जान लागेकोमा घटना भएकाे हो।
Facebook Comments Box