काठमाडौं – चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना-२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना-२०७९ लागू गरिएको जानकारी दिए । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी…
Author: Saru Shrestha
काठमाडौं – दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् । पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
काठमाडौं – धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ । उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । पक्राउ परेका नकुल लागू औषध प्रयोगकर्ता रहेको र उनले धरानमा यसअघि पनि सानोतिनो चोरी गरेको प्रहरीको भनाइ छ । नकुलले एक हप्ताअघि मृतकको…
धनगढी – अछाममा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको कमलबजार नगरपालिका-६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही मृत फेला परेका हुन्। उनी कमलबजार-६ कै बुँदेखोलामा मंगलबार बिहान साढे ११ बजेतिरको समयमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनी पूर्व जनमुक्ति सेना पनि रहेको बताइएको छ।
काठमाडौं – एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ । एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो । बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक…
काठमाडौं – नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ । हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ । यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९,…
काठमाडौं – अभियुक्तको परिचय गोप्य राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले आरोपी तथा अभियुक्तको परिचय गोप्य राख्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलाशमा हुनेछ । ‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुत्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनि विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ । पीडक भनिएको व्यक्तिले…
काठमाडौं – साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने । दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३(१ गोलले पराजित भएको थियो ।
काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।
धनगढी- संविधान दिवसको अवसरमा जागौँ युवा संस्था धनगढीले रचना वाचन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। धनगढीमा ७औँ संविधान दिवसको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा कार्यरत युवाहरुको उपस्थितीमा रचना वाचन तथा दीप प्रज्वलन कार्यक्रम गरेको हो। यस्तै संस्थाले धनगढीको पार्क मोडमा नेपालको नक्सामा दीप प्रज्वलन गरेको थियो।