Author: Nisha Shrestha

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्बौ मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्नु हुदै उनले उक्त कुरा बताएका हुन। दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बिशेष बैठक भएको थियो। उक्त बैठकमा बोल्दै उनले, अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको छ । निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् । उक्त बैठकमा बोल्दै मन्त्रि शर्माले भने, जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण…

Read More

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

Read More

कास्की – कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् । हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ-नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति…

Read More

काठमाडौँ – स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् ।९९ प्रतिशत मत गणना हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ । मत पुनः गणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यस बाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् । ‘संसदमा उनीहरूलाई…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनकै अन्तरालमा पुनःधनुषा आउन लागेका हुन् । आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा अरगरीया नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । यसअघि सोमबार जनकपुरधामको ऐतिहासीक तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।उक्त कार्यक्रममा बोल्दै ओलीले असोज ८ गते फेरि धनुषामा आएर विभिन्न पार्टीका…

Read More

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ । सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएअनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो । सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’ राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ। आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित नहुने जानकारी गराएका छन्। हिजो बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले बहालवाला न्यायाधीशसँग सोधपुछ गर्ने काम शक्ति पृथकीकरणको सिद्धान्त र संविधानको मर्म प्रतिकुल हुने निष्कर्ष निकालेको थियो। जबराले नाम लिएका व्यक्तिहरुसँगको छलफलका लागि महाभियोग सिफारिस समितिको…

Read More