Author: Nisha Shrestha

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको बताएका हुन् । भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यबद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न चालेका कदमहरूको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी मुद्राको सञ्चिति पनि बढेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अल्पविकसित मुलुकबाट विकसित…

Read More

भजनी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने , ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पुगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’ उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताएका छन् । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हाल्नु भएको छ । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो…

Read More

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएको छ । प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।

Read More

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताएकी छिन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी राणाले महिलाहरूलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन् । ‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन, ‘र, मेरो नाममा बनाइएको फेक अडियोका बारेमा सत्य तथ्य बाहिर ल्याओस् ।’ उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएर ल्याइएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न समेत अनुरोध गरेकी छिन । ‘मैले…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहित कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र…

Read More

काठमाडौँ– नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ । उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। उनले भनिन्, ‘हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मसाल बोक्नेहरूलाई दबाएर सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमण र नाना थरी नाम बोलाउने, देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गरिन्छ। बच्चा बनेर लेबल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबैलाई विश्वस्त पार्न चाहन्छु- ‘हामी सही बाटोमा छौँ। चाकडी बाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जबाफदेहिताको प्रस्ट प्रश्न…

Read More

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यो प्रकरणलाई विषयान्तर गर्नु भनेको भ्रष्टाचारलाई सघाउनुसरह भएको बताए । सांसद सापकोटाले भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई आग्रहसमेत गरेका छन्।

Read More

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पढ्नेबारे छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थ भइनसकेका कारण यसको विकल्पबारे छलफल भएको हो । सुरुमा संक्षिप्त रूपमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने र त्यसपछि बाँकी नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड पढ्नेबारे प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा छलफल भएको हो। नेताहरूका अनुसार कार्यव्यवस्था परामर्श समितिले यस सम्बन्धमा औपचारिक निर्णय लिनेछ । आगामी जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

Read More

बैतडी – जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो। यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देसनालय र निक साइमन इन्स्टिच्युट ९एनएसआई०ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो। सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा। नीराजन श्रेष्ठले बताए। गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक…

Read More