धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकमा टिप्परले ठक्कर दिँदा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिरसिंह बिष्ट रहेका छन्।
राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ त २६४५ नम्बरको टिप्परले शुक्रबार ठक्कर दिँदा ५३ वर्षीय बिष्टको मृत्यु भएको हो। पाटन नगरपालिका–६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।
यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ।
Facebook Comments Box