धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान लागूऔषध प्रयोग गर्दैगर्दा पक्राउ परेका छन्। प्रहरीले भने उक्त घटनालाई गोप्य राखेको खुलेको छ।
त्रिनगर चौकीमा कार्यरत प्रहरी जवान डम्बर साउद केही दिन अघि लागूऔषध सेवन गर्दैगर्दा समातिएका हुन्। स्रोतका अनुसार उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ। तर, जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे आधिकारिक जानकारी दिन मानेको छैन।
प्रहरी संगठन आफैं लागूऔषधविरुद्ध अभियान चलाइरहेका बेला प्रहरीकै एक सदस्य लागूपदार्थ प्रयोगकर्ताका रूपमा समातिनु संस्था र समुदायका लागि गम्भीर प्रश्न बनेको छ।
यस अगाडि पनि कैलालीमा प्रहरी नै लागूऔषध कारोबार तथा सेवनमा जोडिदै आएका घटना सार्वजनिक भएका थिए।
Facebook Comments Box