कास्की – पोखरा महानगरपालिका-३० शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ परेका छन् ।
स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेकाे हाे ।
उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएकाे कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानकाे प्रक्रिया अगाडि बढाइएकाे तिवारीले बताउनुभयाे ।
Facebook Comments Box