काठमाडौं – अछामको तुर्माखाँद गाउँपालिकामा १३ औं पालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद प्रतियोगिता शुरु भएको छ ।बुधवार पालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद प्रतियोगिता जिल्लाको तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी मा.वि.को खेलमैदानमा गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.द्धारा उद्घाटन भएको हो।
प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद क्षेत्रको बिकास र बिस्तारका लागि कार्यपालिकाले आगामी दिनहरुमा खेल र खेलाडीहरु को संरक्षण गर्न बजेट वेवास्तानगरी लगानी बढाउनुपर्ने बताए । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै उहाँले अनुशासित भएर विचलीत नभई खेलमा सहभागि हुन अपिल गरे। अन्तर मा.वि खेलकुद प्रतियोगितामा छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन खेलाडीहरुलाई शुभकामना दिँदै उनले प्रदेश हुँदै राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सहभागि हुनेगरि खेलहरु खेल्न आग्रह गरे।
त्यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद प्रतियोगिता उद्घाटन समारोहकाे अध्यक्षतामा वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर बि.सी.थिए भने विशिष्ट अतिथिमा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाही, पुर्व पालिका उपाध्यक्ष अमृता बुढा, प्रमुख प्रशासकीय अधिकृत लाेकबहादुर शाही लगाएतका अतिथिहरुकाे सहभागीता रहेको थियाे । छनाैट खेलकुद प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आगामी अछाम जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तुर्माखाँदमा हुने जानकारी दिए।