काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ । नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो ।
पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । क्यानले लामिछानेमाथिको कारबाही फुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो ।
जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । उक्त निवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको छ ।
Facebook Comments Box