काठमाडौँ – चितवन-२ को मतगणना १ बजेबाट सुरु हुने भएको छ।
आज बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा मतगणना १ बजेबाट सुरु गर्ने सहमति भएको हो।
एमाले र काँग्रेसका उम्मेदवारले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता मिचेको र प्रशासनले त्यसमा साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
मतगणना स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ।
Facebook Comments Box