काठमाडौँ – चितवन क्षेत्र नम्बर-२ मा मतगणना सुरु भएको छ।
सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको हो।
गत मंसिरको निर्वाचनमा सबैभन्दा कम मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले इच्छाकामनाबाटै अग्रता सुरुवात गरेका छन् ।
मंसिरको निर्वाचनमा इच्छाकामनाको मत गणना हुँदा तेस्रो स्थानमा रहेका लामिछानेले यसपटक त्यहीँबाट थालिएको मतगणनामा सुरुवातमै अग्रता लिएका हुन् ।
दुई बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म ४०० मत गणना हुँदा रविले २०८ मत ल्याएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५१ मत ल्याएका छन् ।
इच्छामनकामना गाविस १ र ३ वडाबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जनाएका छन् ।
चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको हो ।