तनहुँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
२१ वडाको २९ हजार आठ सय दुई मतको गणना गर्दा वाग्लेले १५ हजार एक सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३१ मत पाएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत पाएकाे छ ।
वाग्ले भट्टराईभन्दा छ हजार चार सय चार मतले अगाडि छन्। यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।
Facebook Comments Box