महेन्द्रनगर – कञ्चनपुरको पुनर्बास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुनर्बास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box