काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् ।
उनीहरूलाई बिहीबार साँझ आयोगको टंगालबाट खटिएको टोलीले १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको गरेको भन्ने सूचनाका आधारमा औद्योगिक सम्पत्ति शाखामा कार्यरत उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको थप ३७ हजार पाँच सय ३७ रुपैयाँ समेत बरामद भएको दाहालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Facebook Comments Box