Author: Dipak Dhamala

काठमाण्डाै – गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक जितिसकेको छ । रजत र कास्यमा पुलिस क्लबभन्दा एपीएफ अगाडि छ । वाग्मती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक हात पारेको छ । त्यस्तै,…

Read More

रियल मडिडका फरवार्ड करिम बेन्जिमाले बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । फ्रान्सेली खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओरको अवार्ड जितेका हुन् ।  उनले यो सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन सहयोग गरेका थिए ।  बेन्जिमाले यो सिजन ४६ खेलमा ४४ गोल गरेका थिए । गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए । बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् ।  बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भयो । गत वर्ष गरेको…

Read More

काठमाडौं- विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन ।  कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्र मुलुकको सहजताका लागि पनि काम गर्नुपर्ने हुन्छ तर असहजता आउने गरी धेरै मुलुकले भारतको दिल्लीस्थित दूतावासबाट नेपालको भिसा जारी गर्ने गरेका हुन् ।  कन्सुलर…

Read More

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ २२ पैसा र बिक्री दर १२८ रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर…

Read More

काठमाडौं- सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।  

Read More

काठमाडौं- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  दिउँसो  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  भोलि देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । 

Read More

काठमाण्डाै –  कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–कालीकोट सडक खण्डमा गाडी चल्न थालेका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-२ सेरीघाटमा तिलानदीले बगाएको सडकको पुनःनिर्माण हिजो बेलुका सकिएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुर्खेत–कालीकोट सडक खण्ड सञ्चालनमा आएको र यसले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । सेरीघाटको चट्टान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा फुटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालीकोटको पिलिसम्म राजमार्ग सञ्चालनमा आएको र पिलीबाट जुम्लासम्म पनि सडकको अवरोध पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । सडक खुलेसँगै १० दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन्…

Read More

काठमाण्डाै – लगातारकाे वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ काे परीक्षा जुम्लामै हुनेभएकाे छ । जुम्ला घर भइ विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थी जाँच दिन जान नसकेपछि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।  गएकाे असोज १९ गतेदेखिको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र हवाई उडानमार्फत जान सम्भव नभएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामै परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयले स्वीकृति दिएको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विद्यार्थीको भविष्य अन्योलमा नपराेस् भनेर परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डलाई जिल्लामै केन्द्र निर्धारण गरिदिन आग्रह गरिएकाे जानकारी दिनुभयाे । आग्रह अनुरुप परीक्षा नियन्त्रण कार्यालयले जुम्लामै परीक्षा गर्न स्वीकृति दिएको हाे । उहाँका अनुसार…

Read More

काठमाण्डाै – कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। २०६३/१०/२५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो। ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाण्डाै – दार्चुलाका तीन वटा स्थानीय तहमा यूथ भोलिन्टियर ग्रूपले सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म संचालन हुने शिविरको आइतबार उद्घाटन गरिएको छ । कार्यक्रममा वृहत् स्वास्थ्य शिविरका संयोजक दिवानसिह धामीले स्थानीय स्तरबाट जनसमुदायसम्म स्वास्थ्य सेवा पुर्याउने उदेश्यले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेको बताए । युथ भोलिन्टियर ग्रुपको संयोजन तथा बिर अस्पतालको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आइतबार र सोमबार गरि दुई दिने शिविर संचालन गरेको छ । यस्तै मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर, पस्तीमा (कार्तिक १ र २ गते) र महाकाली नगरपालिकाको केन्द्र खलंगामा (कार्तिक ३ र…

Read More