Author: Dipak Dhamala

काठमाडौं – बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित उनीहरू चुनावी…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर…

Read More

काठमाडौं- हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

Read More

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पद गरी २१ कर्मचारीका लागि बोर्डले आवेदन माग गरेको छ । योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।  आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ । परीक्षा मिति भने पछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।

Read More

काठमाण्डाै – चितवनमा रहेको जुस उद्योग युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको उद्योगमा बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम भइरहेको उहाँले बताउनुभयो । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ ।

Read More

काठमाण्डाै – बाजुरामा पहिरोका कारण विस्तापित भएका परिवारलाई राहत वितरण गरिएको छ। जिल्लाको हिमाली गाउँपालिका वडा नम्मर ६ बोर्ताका १ सय १३ परिवारलाई हिमाली गाउँपालिकाले राहत वितरण गरेको हो।गाउँपालिकाले त्रिपाल, चामल, दाल लगायत कपडाहरु र भाडाकुडाहरु वितरण गरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए।

Read More

काठमाण्डाै – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायात सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराेको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । यस ठाउँमा सडक विस्तारका लागि…

Read More

काठमाण्डाै –  धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना भएको हो।  सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलााई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।  उनको शव मायामेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

Read More

काठमाण्डाै – तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ । मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलले बताउनुभयो । उहाँका अनुसार यसपालि तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको…

Read More

काठमाण्डाै – कालीकाेटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो । अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएको तर त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । प्रहरीले खोजीको काम गरिरहेको उहाँको भनाइ छ । पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तिलागुफामा थप तीन…

Read More