काठमाडौं । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सर्वाेच्च अदालतको नेतृत्व सम्हालेकी छिन्। प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीशबाट अनिवार्य अवकाश पाएपछि बुधबारदेखि प्रधानले कामु प्रधानन्यायाधीशका रुपमा नेतृत्व सम्हालेका हुन्।
वरिष्ठत्म न्यायाधीश प्रधानको कार्यकाल अझै २ वर्ष ८ महिना बाँकी छ। संवैधानिक परिषद्ले सिफारिस गरेर संसदीय सुनुवाईमार्फत अनुमोदन भएपछि मात्र नियुक्ति हुनेछ।