२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

प्रधानन्यायाधीश सिफारिसले न्यायालय तरंगित

शनिवार, बैशाख २६ २०८३१०:४९


काठमाडौ पहिलो वरियताका न्यायाधीशलाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परालाई तोड्दै चौथो वरियतामा रहेका डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढाएपछि न्यायालय तरंगित बनेको छ। यसले प्रधानन्यायाधीशको रोलक्रममा रहेका सपना प्रधान मल्ल र कुमार रेग्मी असन्तुष्ट बनेका छन् भने रोलक्रममा नरहेका न्यायाधीशहरू भने खुशी भएका छन्।

पहिलो वरियतामा रहेकी सपनालाई भावी प्रधानन्यायाधीशको रुपमा प्रचार गरिएको थियो। तर, प्रधानमन्त्री बालेन शाहले वरियता होइन कार्यक्षमताका आधारमा भन्दै शर्मालाई सिफारिस गरेका हुन्।बिहीबारको संवैधानिक परिषद्को बैठकमा सभामुख, उपसभामुख र कानुनमन्त्री शर्माको पक्षमा उभिए भने नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आम्दाङगे र राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहाल भने विपक्षमा उभिएका थिए। बहुमतको आधारमा शर्मा सिफारिस भएका हुन्। 

सो सिफारिसपछि शुक्रबार सर्वाेच्च अदालतको फुल कोर्ट बसेको थियो। जसमा न्यायाधीशहरुबिच विवाद भयो। जसकारण सपना र मनोज दुवै जना शुक्रबारको इजलासमा सहभागी भएनन्। यो प्रकरणले न्यायालयभित्र असमझदारी देखिएको छ। 
वरियता मिचिएको नेपाल बारले विरोध गरेको छ। कतिपयले भने सर्वाेच्चमा कांग्रेस एमालेले बनाएको सिन्डिकेट भत्किएको भन्दै स्वागत पनि गरेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार