२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

६ महिनापछि स्वदेश फर्किए देउवा

बिहिवार, श्रावण २८ २०८३०१:१७


काठमाडौं -पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ६ महिनापछि स्वदेश फर्किएका छन्। उनी बिहीबार हङकङबाट बैंकक हुँदै नेपाल आएका हुन्।

गत फागुनको निर्वाचनको मुखमा उनी सिंगापुर गएका थिए। त्यसपछि पहिलोपटक स्वदेश आएका हुन्। उनलाई विमानस्थलमा कार्यकर्ताले स्वागत गरेका छन्।

देउवा फर्किएपनि आरजु देउवा र छोरा जयवीर भने फर्किएनन्। तीनै जनाविरुद्ध सरकारका विभिन्न निकायले अनुसन्धान गरीरहेका छन्। 
सर्वोच्च अदाललते कांग्रेस आधिकारितासम्बन्धि मुद्दामा फेरि सुनुवाई गर्ने फैसला गरेलगत्तै उनी फर्किएका हुन्। शुक्रबार कांग्रेसमा देृउवा पक्षले राष्ट्रिय भेला आयोजना गरेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार