२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

आफुलाई हटाउन खोज्नेहरूलाई ओलीले भने–आवारा र उरण्ठेउलाहरू

शनिवार, श्रावण ३० २०८३०९:०३

इलाम-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियानमा लागेका पार्टीका नेता आवारा र उरण्ठेउला भएको टिप्पणी गरेका छन्।  त्यो अभियानमा कुनै दम नभएको र सफल नहुने उनको ठोकुवा छ।

इलामको फिकलमा शनिबार आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू हटाउने गतिविधि रोक्न समेत चेतावनी दिएका छन्। महाधिवेशनको विधि र विधान विपरीत पार्टी अध्यक्ष हटाउने जस्ता गैरजिम्मेवार गतिविधि भइरहेको उनको भनाई थियो।


‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू, अध्यक्ष हटाउने कुरा ख्याल हो, ठट्टा हो जस्तो गर्ने। अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन, उरण्ठेउलाहरू भेला भएका छन्, अध्यक्ष हटाउने!,’ ओलीले भने। 

आफूलाई हटाउने अभियानमा कुनै दम नभएको उनको भनाइ थियो। ‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेउ न,’ ओलीले थपे, ‘कोही हस्ताक्षर गर्दै हिड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार