२०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते

विभाजनको मुखमा नेपाली कांग्रेस

आइतवार, श्रावण १७ २०८३१०:५४


काठमाडौं- देशकै पुरानो पार्टी  नेपाली कांग्रेसको मुखमा पुगेको छ। कुनै नाटकीय सहमति भएमात्र अब एकता रहने पार्टीका नेताहरूले बताएका छन्। 

इतर पक्षले विपी पुत्र  डा. शशांक कोइरालालाई अघि सारेर नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ। सो समूहले आगामी २९ साउनमा हुने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। जसका लागि डा.कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। 
 १४औँ महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो । समूहका नेताहरूका अनुसार २९ साउनसम्म संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।  


शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार–प्रसारलगायत १६ वटा समिति गठन गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मालगायत सहभागी थिए । सभापति शेरबहादुर देउवा विदेशमा रहेकाले उपस्थित भएनन् भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पनि कार्यक्रममा अनुपस्थित रहे । 
शशांकले भने शेखर कोइरालाको समर्थन आफूलाई रहेको दाबी गरे । ‘शेखर दाइसँग निरन्तर संवाद भइरहेको छ । उहाँ आज पनि आउने तयारीमा हुनुहुन्थ्यो, तर विराटनगरमा रहेकाले आउन सक्नुभएन । उहाँले मेरो अभियानमा समर्थन रहेको सन्देश दिनुभएको छ,’ उनले भने ।

निधिले पनि पूर्णबहादुर खड्का र शेखर कोइरालाको सहमति रहेको दाबी गर्दै शशांकलाई सर्वसम्मत रूपमा नेतृत्वमा चयन गरिएको बताए । ‘सबैको सहमति छ । पूर्णजी बिरामी हुनुहुन्छ । शेखरजीको सहमति छ, उहाँले सार्वजनिक रूपमा भनिसक्नुभएको छ । यसमा सबैको सहमति छ,’ निधिले भने । 
नेता खड्काले गगन थापालाई मान्यता दिने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिइसकेका छन्। सोही कारण उनी विभाजनको कार्यक्रममा सहभागी भएका छैनन्। 
उता पार्टी विभाजनतर्फ अघि बढेपछि गगन थापाले पनि २४ साउनमा पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। पार्टीका केही युवा नेताहरू भने फुटबाट रोक्न सक्रिय बनेका छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार