काठमाडौं । नेपाल र भारतबिच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाहेक भारतीय प्रधानमन्त्री मोदीले २ खर्ब ४० अर्ब सहयोगदेखि नेपालमा कलेज स्थापना गर्न लगायत घोषणा गरेका छन्।
यस्ता छन् समझदारी-
१. नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी, गान्धीनगर, गुजरात, भारत र अपराध अनुसन्धान विभाग, नेपाल प्रहरीबिच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (एमओयू),
२. राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू), भारत र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपिए), नेपालबिच समझदारीपत्र,
३. नेपालका निजामती कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग, भारत सरकार र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारबिच समझदारीपत्र,
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्र,
५. दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्नेसम्बन्धी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), भारत सरकार र सूचना तथा सञ्चार मन्त्रालय (मोइक), नेपाल सरकारबिच समझदारीपत्र,
६. दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेसम्बन्धी भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्र,
७. स्वास्थ्य तथा औषधिको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत सरकार र स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, नेपाल सरकारबिच समझदारीपत्र,