Facebook Twitter Instagram
    MahendranagarPost
    Facebook Twitter Instagram
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • विचार
    • आन्तरिक मामिला
      • नेपाली सेना
      • नेपाल प्रहरी
      • राष्ट्रिय अनुसन्धान विभाग
    • मनोरञ्जन
    • विश्व
    • खेलकुद
    MahendranagarPost
    Home » युक्रेनसँग शान्ति सम्झौताका लागि रुसले आफ्ना मागहरू अगाडि सारे
    विश्व

    युक्रेनसँग शान्ति सम्झौताका लागि रुसले आफ्ना मागहरू अगाडि सारे

    Mahendranagar PostBy Mahendranagar PostMarch 18, 2022Updated:March 18, 2022No Comments2 Mins Read

    रुस –  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् ।

    बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् ।

    दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु। पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए।

    रुसका मागहरू
    उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन।

    तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्।

    युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।

    युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।

    यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।

    तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

    नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।

    दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ।

    जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

    दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्।

    उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए।

    Facebook Comments Box

    Author

    • Mahendranagar Post
      Mahendranagar Post

      View all posts

    सम्बन्धित समाचार

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 2023

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 2023

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 2023

    Comments are closed.

    भर्खरै

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 20233 Views

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 202345 Views

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 20236 Views

    धनगढीमा यस्तो पनि, १२ विद्यार्थी पढाउन २ शिक्षक !

    June 9, 202316 Views
    Stay In Touch
    • Facebook
    • Twitter

    महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

    Facebook Twitter
    लोकप्रिय

    धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

    June 4, 2023

    डडेल्धुरामा बाख्रा बचाउने क्रममा जीप दुर्घटना

    June 9, 2023

    हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे

    June 9, 2023
    सम्पर्क

    अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित
    सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७

    अध्यक्ष/प्रधान सम्पादक: रवि धामी
    सम्पादक: टेकसिंह धामी
    विज्ञापनका लागिः ९८६४७५१८८२
    प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर)
    Email: mahendranagarpost@gmail.com

    Facebook Twitter Instagram Pinterest
    • होमपेज
    • समाज
    • महेन्द्रनगर विशेष
    © 2023 mahendranagarpost.com Designed by GoSA Desktop.

    Type above and press Enter to search. Press Esc to cancel.