धनगढी: सुदूरपश्चिम घर भएका नेपाली सेनाका ३ कर्मचारी गायब भएका छन्। स्रोतका अनुसार उनीहरू बिदा मागेर फिर्ता नआएको बताइएको छ।
यसरी भगौडाको सूचीमा पर्नेमा दार्चुला घर भएका सिपाही रमेशसिंह खाति छन्। उनी गत वर्षको चैत २२ गते एक दिने बिदा मागेर गएकोमा फर्किएका छैनन्। उनी दार्चुलाका दलजित सिंह खातिका नाति एवं धनसिंहका छोरा हुन्।
यस्तै पाँच दिन बिदामा बसेका कैलालीको लम्कीचुहा घर भएका सिपाही दिनेश भुल पनि सम्पर्कमा नआएको बुझिएको छ। कैलालीको लम्किचुहा नगरपालिका ९ का खन्टे भुलका नाति एवं गर्वेका छोरा उनी घरायसी समस्या परेको भन्दै चैत १५ गतेबाट बिदामा थिए।
यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका गणेशबहादुर विष्ट पनि गायव छन्। उनलाई पाँच दिन छुट्टीमा छोडिएको थियो।
अहिले उनीहरूलाई प्रहरी लगाएर सेनाले खोजी तीव्र पारेको बताइन्छ।
पछिल्लो समय सेना तथा प्रहरीमा भगौडाको मात्रा बढ्दै गएको देखिन्छ।