दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई किर्ते आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले आर्थिक वर्ष २०८०/८१ मा दुई लाख राजस्व दाखिला नगरेको आरोप छ।
महालेखापरीक्षकको कार्यालयले भट्टमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले राजस्व दाखिला नगरी भौचर अपलोड गरेको पाइएको छ।
भट्टले पाँच महिनापछि रकम दाखिला गरेको खुलेको छ, तर महालेखापरीक्षकको कार्यालयले उनलाई किर्ते मुद्दामा पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
Facebook Comments Box