डडेल्धुरा: प्रहरीले डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार साँझ अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
अछाम: अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
कञ्चनपुरः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सोमवार लिङ्गेश्वर धाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिनका लागि प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताए। ‘धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ।’ लिङ्गेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नदीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिने बताए। लिङ्गेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि…
काठमाडौं: प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ। मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो। अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ।
मुगु: मुगुमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्। गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्। सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको…
काठमाडौं: मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ। झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो। चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा उनलाई फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले हत्या अभियोगमा पनि अब अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौं: एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। अगष्ट ३१ मा सुरु हुने एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ। नेपाल, भारत र पाकिस्तान समूह एमा छन्। नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ। रोहित पौडेलको कप्तानीमा (कप्तान),सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, ललित राजबंशी, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, किशोर महतो, प्रतिस जिसी, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।
काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपाल धनुषाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुस निकालेको छ । सोमबार साँझ जिल्ला अध्यक्ष रोशन यादवको अध्यक्षतामा निस्केको जुलुस भानुचौकबाट सुरु भएर शिव चौकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शन प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेर समापन भएको थियो । सो क्रममा सरकारले अबिलम्ब छानबिन आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी सङ्घले दिएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको बरिष्ठ हवल्दार पदका लागि ११८ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । सूचीः