Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका छन् । बालुवाटारमा मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका हुन् । ‘नागरिकको फोन ट्याप गर्जनेसहितको प्रविधि (टेरामक्स) लागू हुँदैन,’प्रधानमन्त्री दाहालले भने, ‘उपकरणमा खरिदमा करोडौँ रुपैयाँ खर्च भए पनि त्यो लागू हुँदैन ।’ नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको फोन ट्यापिङ गर्जनेसहितको टेरामस्क प्रविधि भित्र्याएको छ । उसले टेलिफोन कम्पनीहरूलाई टेरामक्स प्रविधि अपनाउन दबाब दिँदै आएको छ । त्यसका लागि करोडौँ मूल्यको प्रविधिसमेत नेपाल भित्र्याएको छ । प्रविधिको विषयमा विवादास्पद टेरामस्क प्रविधि एक साताभित्र कार्यान्वयनमा ल्याउन नेपाल…

Read More

काठमाडौं : लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताए। उनले आ(आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिए। ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो,’ उनले भने। रावल पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन्। पछिल्लो समय…

Read More

धनगढी: कैलालीमा पक्राउ परेका २ मिटरव्याजी थुनामुक्त भएका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्। स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा-जमानीमा छाडेको हो। आपराधिक विश्वासघात अन्तरगत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ। हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजो पक्राउ गरेर थुनामा राखिएको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तिवारीका नाममा आधा दर्जन उजुरी र चौलागाईंका नाममा पनि जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको बताएका थिए।…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ। हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन्। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो। बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी…

Read More

काठमाडौँ: सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा…

Read More

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकामा घाँस काट्ने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ‌। सिगास गाउँपालिका वडा नं. ३ बिरा बस्ने गौमती देवि धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो । आज सोमबार घाँस काट्ने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो । परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड www.neb.gov.np र www.neb.ntc.net.np नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन् । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।  पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् । यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।

Read More

कञ्चनपुर: एमाले जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ । पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन समिति समेत गठन गरेको छ । गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्षसमेत रहेका देवकोटामाथि कुटपिट भएको थियो । देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीमा उपचार हुन नसकेपछि…

Read More