काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको छ ।
बर्दियाको राजापुर नगरपालिका-७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुससहित पक्राउ परेकी हुन् ।
हाजिर गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १४ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई आज नियन्त्रणमा लिएको बताइएको छ ।
Facebook Comments Box