धनगढी: नेपाल प्रहरीका २८ एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो।
जसमा सुदूरपश्चिमबाट पनि २ जना एसएसपीको सरुवा भएको छ। सरुवा सूची अनुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कल्याण महाशाखा नक्साल, काठमाडौंबाट राजेन्द्र प्रसाद धमलालाई सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटी पठाइएको छ भने त्यहाँ कार्यरत कृष्ण बहादुर पल्ली मगरको गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा, कास्कीमा सरुवा भएको छ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा दरबन्दी रहेका तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी प्रकाश मल्ललाई भने नेपाली राजदुताबास (काउन्सिलर) नयाँ दिल्ली पठाइएको छ। त्यहाँ कार्यरत एसएसपी संजिब शर्मा दासको हालै डीआईजीमा बढुवा भएपछि त्यहाँ दरबन्दी रिक्त थियो।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलालीमा दरबन्दी भएका तर यहाँ कार्यरत नभएका एसएसपी बीर बहादुर बुढामगरको पनि सरुवा भएको छ। उनको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगंज बाँके)मा सरुवा गरिएको हो।