Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो। २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई प्रेमले घरको कोठाभित्र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो। तर डाक्टरले उनलाई रातिनै घोषणा गरे। यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो। उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्ध इलाका प्रहरी कार्यालय टिकापुरबाट थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ। परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए। ‘स्नातक तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ। यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ’, उपकुलपति बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने…

Read More

बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जीप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।  सडकबाट जीपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन्। जीप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ। 

Read More

कैलाली: यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी नेपाली बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। नेपालको पश्चिमी नाका बैतडीको झुलाघाटबाट ३७० किलोमिटर दुरीमा रहेको भारतको गौरीकुण्डमा बिहीबार राति पहिरो खसेको  हो। यहाबाट केदारनाथ ७१ किलोमिटर दुरीमा रहेको छ।  सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले…

Read More

काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि आज शनिवारदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ। सीटीईभीटीले शनिवार र बुधवारका लागि निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रवार सूचना जारी गरी स्थगित गरेको हो। चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो। सीटीईभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिस्टेण्ड, डेन्टल हाइजेनिस्ट लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा…

Read More

दोलखा: दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । शुक्रबार विहान गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको शव फेला परेको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको छ । दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले पहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय ५० वर्षीया देवीमाया मगरको शव फेला परेको जानकारी दिए । बिहीबार राति बस्तिमाथि वाट खसेको पहिरोले टोपाटारका ५ घरमा क्षेति पु¥याउनुको साथै एक बालकसहित चार जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम…

Read More

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का दिनेश बिष्टले इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन । कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् । उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरे । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव बढाएकोमा प्रसंसा गरे । उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले…

Read More

काठमाडौं : गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो। स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

Read More