Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अमेरिकी सेनाको एक टुकडी आज काठमाडौँ आउँदैछ । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ(जेसीईटी) ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौँ आउन लागेको हो । यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट २५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेका बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ग्राण्डी अस्पतालमा उपचारको क्रममा रिजालको निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । राइनो भाइरस, उच्च ज्वरो र निमोनियाका कारण रिजालको निधन भएको हो । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।

Read More

काठमाडौँ : मन्त्रिपरिषद् आकस्मिक बैठक आज बस्दै छ । आज अपराह्न तीन बस्न लागेको बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको छ । विधेयक समितिमा दफावार छलफल सकिएसँगै आज हुने छलफलमा थप टुङ्गिन बाँकी एक आध विषयमा छलफल गरेर समितिले आज मन्त्रिपरिषदमा पठाउन सक्ने एक अधिकारीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट सङ्घीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने यसअघि नै बताएका थिए । विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ । यस अघिसमेत सङ्घीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको…

Read More

धनगढीः नेपाल विद्युत् प्राधिकरणले कैलालीका विभिन्न स्थानमा निर्माण गरेका तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्। प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत धनगढीमा दुई र लम्कीमा एक गरी तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ। नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ। हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट…

Read More

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडितको जन्म दर्तासम्बन्धी कागजातमा विवाद देखिएपछि पुनः सुनुवाइ हुन लागेको हो ।

Read More

धनगढी : धनगढीमा मंगलबारदेखि बेपत्ता भएका एक जना मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका-१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तो बस्यालले जानकारी दिए । उनकाअनुसार भट्ट बुधबार दिउँसो स्थानीय पदम भट्टको खेतमा मृत भेटिएका हुन् । उनी मंगलबार बिहान घरबाट खाना खाएर निस्किएपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सर्लाही : नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका-८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलवार एक समारोहबीच मलंगवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए । सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरुपमा पार्कको उद्घाटनसमेत गरे । कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताए । राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास…

Read More

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले गौरा पर्वको अवसरमा नगर क्षेत्रमा आज विहीबार सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलिहरुको महत्वपुर्ण चाड गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज उपमहानगर मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने जनाएको छ । यस अघि ७ गते पनि गौरा मनाइएको थियो। सय वर्ष तिथी परिवर्तनका कारण भदौ ७ र २१ गते गौरा मनाइदै छ।

Read More