Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम: धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको छ। बिहीबार राति १० बजे महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। घाइते डिएसपीको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ। घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ। टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। शनिबार परशुराम-१० लामिजाला बस्ने ३५ वर्षीय प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। उनको जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ६४ जना वरिष्ठ नायब निरीक्षकहरुलाई निरीक्षक पदमा बढुवाका लागि सिफारीस गरेको छ। प्रहरी प्रधान कार्यालयमा शनिवार अबेर रातीसम्म बसेको बढुवा समितिको सचिवालयले उनीहरुको बढुवा सिफारीस गरेको हो। यी हुन् बढुवा सिफारीस हुने अधिकृतहरु:

Read More

कञ्चनपुरः  कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० शान्ति सामुदायिक वनमा सोहि ठाउँका ४५ वर्षीय नरेन्द्रबहादुर बमलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले भन्सार छलेर ल्याइएका एक लाख रुपैयाँभन्दा बढीका सामान वेवारिसे अवस्थामा फेला पारेको छ। धनगढी उपमाहानगरपालिका–९ घुइयाघाटमा शनिबार बिहान प्रहरीको गस्ती टोलीले हुट ज्याकेट, ट्याक्टरको मोबिल र फिल्टरलगायतका सामान बरामद गरेको हो । बरामद सामान त्रिनगर भन्सार कार्यालयमा बुझाइएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: धनगढीमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सब मनाइएको छ। आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सब मनाइएको हो। सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक कार्यक्रमको आयोजना नै गरेको थियो। कार्यक्रममा शुभकामना भेटघाट तथा चियापान समेत गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल थिए भने अन्य अतिथिहरुको पनि सहभागीता थियो। सो वार्षिकोत्सबको कार्यक्रममा बोल्दै रावलले आफूले संघलाई सदैव साथ, समर्थन र सहयोग गर्ने कुराको प्रतिबद्धता जनाएका थिए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बैतडीमा ‘दाइनो’ (दमाहाजस्तै ठूलो आकारको बाजा) नचाएका छन्। आज (शनिबार) बैतडीस्थित सिगास गाउँपालिकाको–३ मा उनले दाइनो नचाएका हुन्। अहिले उक्त छलिया नाचसहितको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। त्यसमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। धेरैले त्यसलाई सकारात्मक रुपमा लिएर कलाको सम्मान गर्नुपर्ने बताइरहेका छन् भने केहीले मन्त्रीले आफ्नो पदीय मर्यादालाई ध्यानमा नराखेको पनि टीप्पणी गरेका छन्। मन्त्री धामी खानेपानी आयोजना उद्घाटन गर्न सिगास पुगेका थिए। सिगास ३ को लगन भन्ने ठाउँमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत लिफ्ट खानेपानी योजनाको मन्त्री धामीले उद्घाटन पनि गरेका थिए। उद्घाटनमा…

Read More

धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई घरमा बन्दुक लुकाएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले घरमा लुकाई छिपाई राखेको अवस्थामा एउटा एक नाले अबैध भरुवा बन्दुक, ४ डिब्बा बारुद, ३८ वटा सानो तयारी गोली, २८ वटा ठुलो, ९ वटा सिसाको सानो टुक्रा र एउटा सिसाको ठुला टुक्रोसहित पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । चौधरीलाई विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनलाई…

Read More

धनगढी : कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकुवा बस्ने रामप्रसाद सापकोटाकी ८ वर्षीया छोरी यमुनाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सापकोटाको शनिवार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More