Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । गएराति टीकापुर नगरपालिका–२ बाट टीकापुर–५ का २० वर्षीय विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथमा एक ग्राम ३७० मिलिग्राम लागुऔषध फेला पारी इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको बताइएको छ ।

Read More

धनगढी: धनगढीमा ५ किलो चरेश बेवारिसे अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा बेवारिसे अवस्थामा ५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको हो । प्रहरीका अनुसार चरेश कपडाले बेरेर पोको पारी राखिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बलको डिपो बजारस्थित बोर्डर आउट पोष्ट (बिओपी)ले बरामद गरेको उक्त चरेश नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

Read More

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको मृत्यु भएको हो । गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेल्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीमा राँगाले तानिरहेको गाडासँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरी रहेका प्रहररीले बताएको छ । सोमवार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । मोटरसाइकल चालक राजवंशीको घोडाघोडी अस्पताल सुखड र पछाडि सवार चौधरीको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडा चलाइरहेका घोडाघोडी–१० का ६० वर्षीय कलेसु चौधरी भने सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । रासस

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् । घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा: झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

Read More

काठमाडौँ: सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको…

Read More

इलाम: इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।…

Read More