Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : २२ जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सरुवा हुनेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत कार्यरत अच्युत श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतका दिपेन्द्र रेग्मी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उदयराज भट्टराई, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाईका गणेश विक्रम बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बेनुकराज कार्की र सहरी विकास मन्त्रालयका युनिल राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको…

Read More

काठमाडौं : ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् । ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने युवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

डडेल्धुरा: डडेल्धुराकै पहिलो आफ्नो एफएमले आफ्नो १६औं वार्षिकउत्सव मनाएको छ। एफएमले जिल्ला कारागारमा रहेका कैदिबन्दीसँग वार्षिकउत्सव मनाएको हो। वार्षिकउत्सवको अवसरमा एफएम परिवारले जिल्ला कारागार डडेल्धुरामा भएका १३४ जना कैदीबन्दीहरुलाई ५ थान काठको खाट, ३२ थान ज्ञानवर्दक पुस्तक , ५ थान सनसेट सोलार रेडियो र ३० किलो कुखुराको मासु र साकाकारीहरुका लागि दही सहयोग गरेको छ। उक्त सामग्री रेडियोका संयोजक बिजय कुमार मानन्धरले कारागारका प्रमुख जितेन्द्र ओझालाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा बोल्दै निस्ट कलेजका संस्थापक निर्देशक डा.विनोद लुहारले आफनो एफएमले समाजमा गरेको सामाजिक कामको प्रशंसा गर्दै कैदीजीवन बिताइ रहेकाहरुलाई भविष्यमा सेवा गर्न आग्रह गरेका थिए। त्यस्तै पत्रकार महासंघका सचिव पुष्कर भण्डारीले…

Read More

काठमाडौँ : अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका छन् । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टे बाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम सङ्कलन गर्ने र क्रिप्टो करेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौँ उपत्यकाका मैजुबहाल, मध्यपुर थिमि, सानो भर्‍याङ र बुद्धनगर लगायत स्थानबाट त्यस्तो गतिविधि गर्ने गिरोहका ५ जनालाई मङ्गलवार गरेको थियो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयअनुसार…

Read More

धनगढी : गत जेठ ४ गते धनगढीमा डाक्टर मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका अर्का डाक्टरलाई कारागार चलान गरिएकाे छ। आफ्नै घरकाे काेठामा मृत भेटिएकी धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाहकाे आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले साेमबार जिल्ला अदालतमा भएकाे थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको जानकारी दिए। साेही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धराैटी बुझाएर तारेखमा छुटेका छन्। उनी शाहका पूर्व प्रेमी हुन्। मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरिने भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्ष समितिले बिहीवार (भोलि) दिउँसो ३ बजेदेखि प्रदेश सभा प्रवेशद्वारमा थाल ठटाएर प्रदर्शन गर्न लागेका हुन् । गेटामा विश्वविद्यालय स्थापना गर्ने गत माघ २९ गतेको निर्णयअनुसार विश्वविद्यालय ऐन निर्माण गर्न र गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन १५ दिनदेखि सुदूरपश्चिममा आन्दोलन भइरहेको छ। गेटामा विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनलाई आगामी दिनमा थप सशक्त र प्रभावकारी कसरी बनाउने भनेर रणनीति छलफल गरिएको छ। बुधवार धनगढीमा विभिन्न क्षेत्रका सरोकारवालासँग संघर्ष समितीले आन्दोलनको रणनीति तय गर्न सुझाव माग्न छलफल गरिएको छ।…

Read More

धनगढीः धनगढीको बसपार्क पछाडीबाट प्रहरीले भन्सार छलीका सामान जफत गरेको छ। आज वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमण्डमा खटिएको प्रहरी मोबाईल गस्ती टोलीले झण्डै ८५ हजार ७५० मुल्य बराबरका भन्सार छलीका सामान जफत गरेको हो। टोलीले प्लाष्टिकका चप्पल २४५ जोर जफत गरेको हो।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा कोठा डेरा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय विनोद दियाल आफ्नै घरबाट लागुऔषधसहित पक्राउ परेका हुन्। वड १९० मिलीग्राम र दियाल ८५० मिलीग्राम लागुऔषधसहित आज पक्राउ परेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : सशस्त्र प्रहरी बल, नेपालले डडेल्धुरासहित विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ । डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन बेस स्थापनमा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पहाडी जिल्लामा हुने विपद् व्यवस्थापनका लागि सहस्त्र प्रहरी निरीक्षणको नेतृत्वमा २० जनाको टोली नम्बर ५२ गुल्ममा रहने छ । स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ बताइएको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई परिचालन गरेको हो । यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो । उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Read More