Author: महेन्द्रनगर पोष्ट

कोलम्बो – श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौँ र समाजवादी केन्द्र बनाऔँ । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा.भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको…

Read More

काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ।सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो। बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो । गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका गतिविधिहरु भइरहेको उल्लेख गरिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा…

Read More

काठमाडौँ – संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरूले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।’ आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानबिन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको…

Read More

खार्तुम – सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने । शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । ‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

Read More

काठमाडौं – संसदीय विशेष छानबिन समितिको बैठक सुरू भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बैठक बिहिबार बिहान सिंहदरबारमा सुरू भएको हो। बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएका छन्। आजको बैठकमा पूर्वमन्त्री सँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन्। समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार समितिले यसअघि बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए। ७ दिन म्याद थप…

Read More

काठमाडौं – संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Read More

डोटी । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा रु ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा रु ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ । यसैगरी जिल्लामा रु एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौ वटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा सङ्घीय…

Read More